पुदिना हामी धेरैले देखेका छौं र खाएका पनि छौ । नदेख्नेले पनि पिपरमेन्ट, चकलेट, चेविङ गम आदिको माध्यमले खाइरहेका छौं । यसको औषधीमा महत्व पनि धेरै छ भन्ने कमैलाई थाहा होला । विश्वका करोडौं मानिस प्रभावित भइरहेको आईबीएस रोगमा पुदिनाको सेवनले निकै लाभ पुर्याउने बिभिन्न अध्ययनले देखाएको छ । पुदिनाको तेल पाचन प्रणालीको लागि निकै उपयोगी सावित भएको छ । आयुर्वेदमा संग्रहणी, ग्रहणी आदि नामले चिनिने आईबीएस अर्थात् इरेटल बाउल सिन्ड्रममा पुदिनाको सेवन लाभदायक मानिन्छ । आईबीएस विश्वका १५ देखि २० प्रतिशत जनसंख्यालाई सताउने रोग हो । पेट दुखिरहने, पेट कटकटी खाने, कब्जियत हुने त कहिले झाडापखाला हुने फरक-फरक लक्षण देखाइरहने रोग हो यो । यसको निदान एवं उपचार पद्धति अहिलेसम्म एलोप्याथी र आयुर्वेदिक दुबैमा फेला परेको छैन । यसलाई व्यवस्थापन गर्न सकिने रोगमात्र भनिएको छ । अर्थात्, खानपान र मानसिक तन्दुरुस्तीबाट यसको जटिलताबाट जोगिने भनी स्वास्थ्यकर्मीहरुले सिफारिस गर्छन् ।
पानीको दह, इनार वा खेतबारीतिर बग्रेल्ती उमि्रने सानो वनस्पति हो पुदिना । आयुर्वेदमा यसको प्रयोग वर्षौंदेखि गरिँदै आएको छ । अहिले चकलेट, चेविङ गम, चुरोट, आइसक्रिम, केक आदिमा पनि पुदिनाको प्रयोग बढ्दो छ । पुदिनामा हुने मेन्थोल तेलले आईबीएसजस्तो जटिल रोगमा प्रभावकारी भूमिका निर्वाह गर्दछ । मेन्थोलले आन्द्रा तथा मांसपेशी बलियो तथा लचिलो बनाउँछ ।

No comments:
Post a Comment